×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्स कम्पनीको १२ हजार ५८७ कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

PRIME CA

मञ्जुश्री फाइनान्स कम्पनीको १२ हजार ५८७ कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको १२ हजार ५८७ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो ।

कम्पनीले श्रावण १४ गतेदेखि सो सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले सो मूल्यलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: