×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बिहीबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

यी हुन् बिहीबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

१० भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १७.५७ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ९३ करोड ८४ लाख ४० हजार ९०० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि अरुण काबेली पावर कम्पनी, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, आईसिएफसि फाइनान्स, रिलायन्स फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी र नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाखमाथिको सेयर कारोबार भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: