×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौ १८ गतेदेखि सनराइज बैंकले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम मूल्य ४२१ रुपैयाँ ६३ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भदौ १८ गतेदेखि सनराइज बैंकले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम मूल्य ४२१ रुपैयाँ ६३ पैसा

Artha Sarokar

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले आफ्नो नाममा रहेको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले लुम्बिनी जनरल इन्योरेन्स कम्पनीको संस्थापक सेयर भदौ १८ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको हो ।
सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ ६३ पैसा तोकिएको छ भने लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर असोज १ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यस्तै लगानीकर्ताले न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरीमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी