
भारत । भारत सरकारले भियतनामका बाढी पीडितहरुलाई सहयोग प्रदान गरेको छ । भारत सरकारले मध्य भियतनामका तीन हजार बाढी पीडितलाई व्यक्तिगत उपयोगका सामग्रीहरु सहयोग गरेको बताएका छन् । भियतनामका लागि भारतीय राजदूत पणय वर्माले १५ जनवरीमा भियतनामका कार्यकारी गयन कोक डुङले उक्त सामग्री हस्तान्तरण गरेको बताएका छन् । राजदूत वर्माले मध्य भियतनाममा आएको बाढीमा परेर मृत्यवरण गरेकाहरुप्रति दुस्ख व्यक्त गरेका छन् । बाढी पीडितहरुलाई सामान्य जीवनमा फर्काउनका लागि भारतले निरन्तर सहयोग जारी राख्नेसमेत वर्माले बताएका छन् ।
भारतीय विदेशमन्त्री डुङले भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । यस किसिमका सहयोगहरुले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ पार्ने विदेशमन्त्री डुङले जानकारी दिएका छन् । प्रधानमन्त्रीहरुबीच भर्चुअल वार्ताका क्रममा आपसी सहयोग आदानप्रदान गर्ने सहमति भएको जनाएका छन् । शान्ति, समृद्धिका लागि भियतनाम-भारतले एकसाथ गर्ने प्रतिबद्धताहरु व्यक्त गरेका छन् । सन् २०२१-२०२३ का लागि भियतनाम-भारत व्यापक रणनीतिक साझेदारीको कार्यान्वयनको लागि कार्य योजना तयार गर्ने सहमतिसमेत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्