×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक लिमिटेडले ल्यायो २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंक लिमिटेडले ल्यायो २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । बैंकले २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर भदौ १५ गतेदेखि बिक्री खुल्ला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र भदौ ३० गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल कमलादी काठमाडौंमा बोलपत्र वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी