काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीले २० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी मधुसुदन शर्माले आफ्नो नाममा रहेको २० हजार कित्ता संस्थापक सेयर बेच्ने भएका हुन् । सो सेयरमा बैंकका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटारमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन नपरेमा सर्वसाधारण अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।