
- अर्थ सरोकार सम्बाददाता
दोलखा । नेपाल बैंकले दोलखाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर खोलेको छ । बैंकले माघ ७ गतेबाट आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा चरिकोट स्थित जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको हो । उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले गरेका हुन् । साे अवसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटो छरितो सेवा पाउने विश्वास व्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए ।
उक्त अवसरमा बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागी यो एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको र आधुनिक प्रविधि समेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । सुरुमा राजश्व संकलनको मात्रै काम हुने भएता पनि विस्तारै सबै सेवाबिस्तार गर्दै लगिने जानकारी समेत दिए । बैकले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य विभिन्न माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्