काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा हेरफेर भएको छ । इन्स्योरेन्सका संस्थापक सेयरधनी सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका सुन्दर प्रसाद कडेलको ठाउँमा अर्जुन भद्र खनाल परिवर्तन भएका हुन् ।
भदौ २० गतेको संचालक समितिको बैठकको निर्णय बमोजिम भदौ २१ गतेदेखि लागु हुने गरी अर्जुन भद्र खनाललाई सञ्चालको हैसियतमा प्रतिनिधित्व गर्नका लागि नियुक्त गरेको हो ।