×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्डलिंकले सुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट, घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराइने

PRIME CA

वर्ल्डलिंकले सुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट, घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराइने

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुनेछ ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन् । यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरु प्रयोग गरिनेछ । यसले हाल घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउनेछ । इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्नेछ । मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ । मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासंग जोडिएका हुन्छन । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन् ।

नयाँ इन्टरनेट सेवा सार्वजनिक कार्यक्रममा बोल्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने ‘हामी विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सिमामा छौ र हाम्रो घरमा इन्टरनेट को गति निरंतर वढाउनु पर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रविधिसँगै एउटा गुणस्तरीय घरेलु नेटवर्किङ गर्नु पर्ने हुन्छ । घरमा भएका विभन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन । त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गितको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १।१ राउटरको संगै मेष वाई(फाई होम सोलुसन सुरू गरेका छौ । यस्तो गतिको इन्टरनेट उपलब्ध गराउन पाउँदा हामीलाइ गर्व लागेको छ । यी उपकरणहरुको नेटवर्किङ गर्दा घरमा अन्य नेटवर्किङ मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियको माध्यमबाट गरिनेछ । हामीले हाम्रा ग्राहकहरुलाई उनीहरुको घर परिसरमा एक अतुलनीय ब्रॉड ब्यान्डको अनुभव दिन सक्छौं भन्ने कुरामा म विश्वस्त छु । अहिले सम्म नेपालको इन्टरनेट सेवामा एक अपूर्ण अंतर थियो । अब वर्ल्डलिंकले ल्याएको उच्च गतिको इन्टरनेट सुलभ मूल्यमा उपलब्ध हुनेछ । यसले सबैको घरलाइ स्मार्ट बनाउनेछ । अहिले हामीले काठमाण्डौमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्क लाई अध्यावधिक गरेका छौं । हामी अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्नेछौ ।’

वर्ल्डलिंक पहिले नै नेपालको ब्रॉडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख आविष्कारक हो । यसले नेटटिभी ब्राण्डमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ । वर्ल्डलिंकले मुलुकका ११००० भन्दा बढी स्थानमा वाईफाई हटस्पट बनाएर सर्वसाधारणलाइ निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको छ । यस कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रॉडब्याण्ड टेक्नोलोजी सेवा पुर्याएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: