काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९१ हजार ४०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कारोबार भईरहेको छ ।
यस्तै प्रतितोला चादीँको मुल्य १ हजार २ सय २० रुपैँया कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ७ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।