×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेको निरन्तरता

PRIME CA

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेको निरन्तरता

२५ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ । वित्तीय संस्थाको सञ्चालक समितिको विहिबार साँझ बसेको बैठकले २०७८ असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ । वित्तीय संस्थाले ०७८ श्रावण मसान्त सम्म ४वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत सेवा दिदैं आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: