
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले जेठ ११ गतेदेखि २६ गतेसम्म बिक्री गरेको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड भएको हो । रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई उक्त ऋणपत्र बाँडफाँड गरेको कम्पनीले जानकारी दिएको छ ।
बैंकले कुल ४० लाख कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई बिक्री गरेको थियो भने १६ लाख कित्ताबाट २ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको थियो ।
प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । यो ऋणपत्र बिक्री प्रबन्धकको जिम्मेवारी मेगा क्यापिटल मार्केट्स लिमिटेडले पुरा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्