×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएकाे छ । बैंकले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हाे ।
सो सम्बन्धमा माघ ६ गते नेपाल इन्फ्रास्ट्रक्चर बैंकको केन्द्रीय कार्यालयमा बैंक र क्यापिटलबीच सम्झाैता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् ।
नेपालको एक मात्र पुर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) को लागि हालसम्मकै ठूलो रकम ८ अर्ब रूपैयाँको साधारण सेयर निष्काशन गरेको छ ।
माघ २ गतेदेखि खुल्ला भई माघ ६ गते बैंकिङ्ग कारोबार समय पश्चातबन्द हुन लागेको यस सार्वजनिक निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको देखिएकाे छ । र, आइपीओको इतिहासमा सबैभन्दा धेरै आवेदन परेकाे छ । बैंककाे अधिकृत पुँजी ४० अर्ब रूपैयाँ र जारी पुँजी २० अर्ब रूपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी