×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारले हरेक महिना १०% बजेट खर्च गर्नुपर्ने नीति बनाउँदैछ…अनिमात्र बजेटको सहि सदुपयोग हुन्छ’ : अर्थमन्त्री (भिडियो)

PRIME CA

‘सरकारले हरेक महिना १०% बजेट खर्च गर्नुपर्ने नीति बनाउँदैछ…अनिमात्र बजेटको सहि सदुपयोग हुन्छ’ : अर्थमन्त्री (भिडियो)

अर्थ सरोकार

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताउनुभएको छ । मंगलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा समस्या रहेको बताउनुभएको छ । उहाँले विकासको कामका स्पष्ट रणनीति नभएका कारण पुँजिगत बजेटको खर्च कसरी गर्ने भन्ने चुनौती रहेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले सबै अधिकार आफैसँग राख्नाले पनि समस्या भएको भन्दै अर्थमन्त्रालयले अन्य मन्त्रालयहरुलाई र मन्त्रालयहरुले सम्बन्धित परियोजनालाई आवश्यकता अनुसार बजेट हेरफेर गर्न दिनुपर्ने बताउनुभयो । आगामी दिनमा अर्थ मन्त्रालयले सो अधिकार अन्य मन्त्रालयलाई दिने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘कसरी हामीले चालु खर्च घटाउने र पुँजिगत बजेट बढाउने भन्ने एउटा चुनौती त छदैछ । फेरी पुँजिगत बजेटको खर्च कसरी गर्ने भन्ने अर्को चुनौती पनि सँगसँगै आएको छ । पूर्वतयारीका समस्याहरु छन्, समग्र विकास रणनीतिको समस्या हो । समग्र विकास रणनीति नै हाम्रो स्पष्ट छैन ।
सरकार बदलिदा, मन्त्री बदलिदा रणनीति नै बदलिन्छ । योजना नै बदलिन्छ । त्यसकारणले समस्या यहाँनिर हो । नेतामुखि, मन्त्रीमुखि योजना हुन्छ अनि कसरी त्यसले समयमा लक्ष्य प्राप्त गर्छ भन्ने समस्या छ । मन्त्रालयलाई अर्थ मन्त्रालयले दिनुपर्ने अधिकार त्यो पनि कञ्जुस्याँई, मन्त्रालयले प्रोजेक्ट प्रमुखलाई दिने अधिकार त्यो पनि कञ्ज्युस्याँई । उसले फिल्मै बसेर त्यही तलमाथि गर्न पाओस् न, योजना सफल गर्नको लागि । तत्ः तत्ः ठाउँमा अधिकार दिने । प्रोजेक्ट प्रमुख छ भने उसलाई अधिकार दिएर पठाउने । राम्रो, नराम्रोको मुल्यांकन गर्ने । पुरस्कृत र कारबाही गर्ने कुराको मुल्यांकन गर्ने परिपाटी नहुनुको पनि परीणाम हो । अर्थ मन्त्रालयले आफुले सबै अधिकार मुठ्याएर राख्ने तल नदिने गर्दापनि समस्या हो । मन्त्रालयलाई अधिकार दिने । मैले भनेको छु, अधिकार दिनुस् । अब हामी दिन्छौँ । मन्त्रालयलाई हेरफेर गर्न पाउने । बजेट खर्च नभए अर्को ठाउँमा हाल्न पाउने अधिकार तल दिनुप¥यो । माथि राखेर नहुने रहेछ ।’
अर्थमन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तिमा दश प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको बताउनुभयो । खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउनका लागि आफुले प्रयास गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘प्रत्येक महिना कम्तिमा दश प्रतिशत बजेट खर्च गर्नुपर्छ भन्ने नीति मैले निर्माण गरिरहेको छु । प्रत्येक महिना दश/दश प्रतिशत खर्च गर्दापनि दश महिनामा सय प्रतिशत खर्च हुन्छ । त्यसो ग¥यो भने बजेट खर्च हुन सक्छ । खर्च नहुने ठाउँमा पैसा राख्ने, खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्तिले पनि यहाँ समस्या सच्याउनका लागि प्रयास गर्दैछु ।’
उहाँले राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुल्ला गर्नुपर्ने बताउनुभयो । राष्ट्र र जनताको अहितसँग सम्बन्धित सर्त छन् भने त्यस्तो लगानीको सन्दर्भमा समेत विचार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘राष्ट्रिय सर्त छन् भने त्यसलाई ध्यान दिनुप¥यो । राष्ट्रसँग सम्बन्धित, जनताको अहितसँग सम्बन्धित सर्त छन् भने त्यहाँ बिचार गर्नुप¥यो । बाँकी सबै वैदेशिक लगानीको सन्दर्भमा हामीले लिएर त्यसलाई लैजानका लागि हामी खुला हुनुप¥यो ।’ अर्थमन्त्री शर्माले विश्वविद्यालय अनुसन्धान केन्द्रीत हुनुपर्ने बताउनुभयो । मन्त्रालयले अनुसन्धानका विभिन्न शाखा बनाउनुपर्ने कुराको अन्त्य गर्दै विश्वविद्यालयलाई अनुसन्धानमा क्रियाशील गराउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले विकास निर्माणको काममा जनतालाई जोड्नेगरी श्रम सहकारी बनाएर काम गराउने वातावरण बनाउने प्रयास गरिरहेको पनि जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: