×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा नयाँ रेकर्ड कायम, १५ लाख ३० हजारले दिए १८ अर्ब १२ करोड बराबरको आवेदन

अर्थ सरोकार

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार

PRIME CA

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा नयाँ रेकर्ड कायम, १५ लाख ३० हजारले दिए १८ अर्ब १२ करोड बराबरको आवेदन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ । बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० जनाले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यस बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता आईपिओ शुक्रबारबाट बिक्रीमा ल्याएको थियो । आज आवेदन दिन अर्थात अन्तिम समयसम्ममा उक्त रकम बराबरको आवेदन परेको हो ।  
बैंकले ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि  छुट्याएको थियो भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिएका थिए । आवेदकहरुको संख्या हेर्दा प्रति आवेदन ५० कित्ताको हाराहारीमा सेयर पर्ने देखिएको छ । यसअघि चन्द्रागिरी हिल्सको आइपीओमा भने १२ लाख ७७ हजारले आवेदन दिएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: