काठमाडौं । एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको असोज १५ गते शुक्रबार लाजिम्पाट स्थित आफ्नै कार्यालयमा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६ प्रतिशतल हुन आउने ७ करोड २ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको पुनःनियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।