काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २१ वटा मोटरसाइकल र स्कूटर सवारी धनिलाई जिम्मा लगाएको हो । हराएका मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराईले हराउनु भन्दा पहिले नै सवारी चालकहरु शतर्क रहनुपर्ने बताउनुभयो ।
उहाँले हराएपछि प्रहरीले खोज्ने र बुझाउने प्रक्रिया धेरै भइसकेको भन्दै अब सवारीसाधन चालकहरुले आफ्नो सवारीसाधन कस्तो ठाउँमा छ र कसरी हराउन नदिने भनेर सोच्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले पनि सवारीसाधन हराउन नदिनका लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता दोहो¥याउनु भयो । प्रमुख भट्टराईले भन्नुभयो, ‘हराउने र यसको खोजि हुने, फेरि सवारीचालकहरुलाई बुझाउने यो क्रम लामो समयदेखि चलिरहेको छ,अहिले पनि त्यही अवस्थामा छौँ, तर हामी अब मोटरसाइकल खोज्ने हस्तान्तरण गर्ने मात्र होइन, मोटरसाइकल नै हराउन नदिन केही उपाय खेजिरहेका छौँ, मोटरसाइकल हराउन नदिन के गर्ने भन्नेबारेमा हामी अलिकति सोच्ने, चिन्तन गर्ने कुरा छ,हराउने फेरि ल्याएर बुझाउने र चोर्नेलाई कारबाहीको दायरामा ल्याउने मात्रै होइन,हराउनै नदिन के गर्ने भनेर सोच्नुपर्छ ।’
प्रमुख भट्टराईले मोटरसाइकल हराउन नदिनका लागि प्रहरी मात्रै नभएर मोटरसाइकल धनी पनि त्यत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले अब सवारीसाधन हराउन नदिनका लागि चालक र ट्राफिक प्रहरीले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्