काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । सभा र लाभांशको लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने हुनाले आजसम्म कायम सेयरधनीले सो लाभांश पाउने भएका हुन् ।
कम्पनीले गत वर्षको नाफाबाट प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको छ । त्यसका लागि कम्पनीले कात्तिक ११ गते २८औं वार्षिक साधारणसभा डाकेको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले भर्चुअल अर्थात् भिडियो कन्फ्रेन्स मार्फत सभा गर्न लागेको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेलगायतका एजेन्डा रहेको छ ।