वर्षदिनमा आउने चाड हो दशैं । नेपाली जनताहरुलाई दशैंको निकै महत्व छ । तर काम र रोजगारीको लागि भनेर उपत्यकामा ७७ जिल्लाको मानिसहरु बस्छन् । अरु जिल्लामा नबस्ने भने होइनन् तर उपत्यकामा अलि धेरै नै बस्छन् । सोह्श्राद्ध लाग्ने बित्तिकै सर्वसाधारणहरुलाई घर कसरी जाने भन्ने पीरले सताइरहेको हुन्छ । गाडी पाउने हो कि होइन भन्ने चिन्ताले सर्वसाधारणहरु पिरोलिरहेको हुन्छन् । यातायात व्यवसायीले मागेजति पैसा तिरेर हुन्छ कि उभिएर यात्रु घर जान बाध्य हुन्छन् । जनताको हालत यस्तो छ तर जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारीहरुलाई मोजमस्ती छ । अनि त्यही जनताले तिरेको करबाट खरिद गरिएका सरकारी गाडी । कुनै जिल्लामा झोलुंगे पुल नभएर मानिसहरु तुइनबाट ओहोरदोहोर गरिरहेको छन् । तर त्यस्तो जिल्लामा बजेट निकास गर्न अर्थमन्त्रालय तयार छैन । तुइनबाट आउजाउ गर्नु निकै नै कष्टपुर्ण छ । अझै स्कुले बालबालिकाले त आफ्नो ज्यान जोखिममा राखेर तुइनबाट विधालय आउजाउ गरिरहेको छन् ।
अझैपनि कति जिल्लामा अस्पताल छैन् । बिरामी हुँदाखेरि एउटा सिटोमोल खान नपाएर जनता मरेको घटनाहरु पनि हाम्रा कानसम्म पुगेको छन् । अस्पताल र बाटो नभएर अकालमा ज्यान गुमाउने पनि नभएका भने होइनन् । दुर्गम जिल्लाहरुमा अहिलेपनि सरकारी स्कुल बनेका छैनन् । जसको कारण गरिब जनताका छोराछोरी पढ्नबाट वञ्चित भएको छन् । झोलुंगे पुल हाल्न, अस्पताल निर्माण गर्न, सरकारी स्कुल बनाउन अर्थ मन्त्रालयले बजेट दिदैन् । ७७ वर्ट जिल्लाका जनताहरु नेपाल सरकारको नागरिक हो । उनीहरु नेपाल सरकारको जिम्मेवारी हुन् । नेपाल सरकारबाट पाउनपर्ने सेवासुविधा सबैले बराबर पाउनपर्छ । झोलुंगे पुल, अस्पताल र विधालय नभएका क्षेत्रका जनताले पनि राज्यलाई कर तिरेको छन् । सरकारले विदेशीसंग लिएको ५८ हजार ऋण त्यस क्षेत्रका जनताले पनि आफ्नो टाउकोमा बोकेको छन् ।
राज्यबाट पाउनपर्ने सेवासुविधाको प्रयोग नगरि उसले ऋण मात्र बोकेको छ । विकास नभएका जिल्लाका जनताले नै मतदान गरेर वडाध्यक्षदेखि लएर प्रधानमन्त्री, राष्ट्र्पति, मन्त्री बनेका छन् । आफ्नो मतदानले चुनेर आएका जनप्रतिनिधिहरुले आफ्नो समस्या हल गरिदिन्छन् भन्ने आश उनीहरुले बोकेको छन् ।
राजनितिक पार्टीले पार्टीको सभापतिको नजिक हुने, झोले बन्ने सांसदलाई र सांसद नभएकालाई समेत मन्त्री बनाइदिएका छन् । जसले मन्त्री बनेर भ्रष्टाचार गर्छ अनि पार्टीको सभापतिलाई पैसा बुझाउन सक्छ । त्यस्तोलाई मन्त्री बनाइन्छ । जोसंग भ्रटाचार गर्ने क्षमता छ ऊ पाचौं पटकसम्म मन्त्री बन्छ । जो जनताको मतबाट चुनेर आँउछ । जसले पार्टीलाई पैसा बुझाउन सक्दैन् ऊ कहिलेपनि मन्त्री हुदैन् । उसलाई मन्त्री नबनाइनुको कारण उसले भ्रष्ट्रचार गरेर पार्टीको सभापतिको झोला भर्न सक्दैन् । तर जनताको मत यत्तिकै खेर जान्छ । जुन क्षेत्रबाट चुनाव जितेर आएको प्रतिनिधि भएर आएको छ उसले त्यही क्षेत्रमा मात्र बजेट पारित गर्छ । अन्य क्षेत्रका जनता त फेरिपनि हेरेको हेप्यै । अन्य क्षेत्रमा बसोबास गर्नेचाहि जनता होइनन् भन्ने त्यस मन्त्रीको मनस्थिति हुन्छ । २०६२।६३ सालमा राजतन्त्र फाल्न जनताले ठुलो आन्दोलन गरे । राजनिति परिवर्तन भयो भने सेवासुविधा पाइन्छ भनेर गरेको आन्दोलनमा कति त शहिद घोषणा भए । तर राजनिति परिवर्तन भयो तर राजनितिज्ञको अनुहार फेरिएन् । एउटै व्यक्ति पटक पटक मन्त्री, प्रधानमन्त्री बने तर जनताले केही पनि पाएनन् । मन्त्री, प्रधानमन्त्री भएर यिनीहरुले आफ्नो धोक्रो भर्ने काम मात्र गरे । मँहगा लुगा लगाए, सरकारी गाडी चढे ।
यिनीहरुले सरकारी गाडी दुरुपयोग गरेको प्रष्टै देखिन्छ । सरकारी गाडी चलाउने चालक र गाडी चढ्ने हाकिम आपत परेकाहरुले सार्वजनिक सवारी नपाँउदा पनि यिनीहरुको आँखा जान्दैन् । कुनै मानिस बिरामी भएर गाडी नपाएर बाटामा उभिरहेकोहरुलाई सरकारी गाडीले बोक्दैन् । बरु यिनीहरु खाली जान्छन् । दशैं मान्नलाई सरकारले सार्वजनिक बिदा दिएको छ । दशैंमा मात्र होइन् अरु बिदाका दिन पनि सरकारी गाडीका चालक, हाकिमले गृह मन्त्रालयबाट पास नलिइकन आफुखुसी आफन्त भेट्न जाने, रासन किन्न जाने जस्ता काम गरेको छन् । अझै कति त सरकारी गाडी लिएर भट्टीदेखि लिएर टीका लगाउन ससुरालीसम्म पुगे । खसीबोका किन्न जान पनि सरकारी गाडी निकै काम आएको प्रशस्तै देखियो । सार्वजनिक बिदाको दिनमा सरकारी गाडी लिएर हिड्नेहरुलाई ट्रफिक महाशाखाले अनुगमन गरेको छैन् ।
यसमा संस्थानका गाडीहरु समेत पर्छन् । जनताचाहि गाडी नपाएर पैदल हिड्न तयार हुनुपर्ने । अनि जनताले तिरेको करबाट किनेको गाडी र गाडीमा हालेको पट्रेलमा सरकारी कर्मचारी मोजमस्ती गर्ने । एउटा सरकारी र संस्थानका चार वटा चक्का भएको गाडीको बीस लाखदेखि तीन करोडसम्म मुल्य पर्छ । त्यस्तै, दुई वटा चक्का भएको मोटरसाइकलको तीन लाखसम्म पर्छ । एउटा सवारी साधन किन्दा जनताले तिरेको यत्रो रकम फोगट्टे खर्च हुन्छ । गाडी मात्र दिएर पुग्दैन् । पेट्रेलडिजेल र चालकसमेत जनताले तिरेको करबाटै खर्च हुन्छ। इता, मर्मतसम्भार गर्दाको खर्च छुट्टै छ । सरकारी गाडी चलाउने चालक र हाकिमले नबिग्रेको गाडीलाई बिग्रारेर वर्कसप गर्ने ठाँउमा लगेरसमेत कमिशन खान्छन् । बीस हजारको बिल आँउछ तर बिल बन्छ लाखको । पेट्रेलडिजेलमा पनि त्यही नै छ । बीस लिटर पेट्रेल लाग्ने बाटोमा सय लिटरको बिल बनाउछन् । त्यहाँ पनि भ्रष्ट्रचार ।
कार्यालयको हाकिम फेरिएसंगै अगाडिको हाकिमले चढेको गाडी नँया आएको हाकिम चढ्दैन । नँया हाकिमले त नँया गाडी किन्न अर्थ मन्त्रालयसंग बजेट माग्छ । त्यसकै नतिजा हो अहिले विभिन्न सरकारी कार्यालयमा घाँस उम्रेर बसेका गाडीहरु । अर्थ मन्त्रालय र कार्यालयको हाकिमले अटोशोरुमसंग कमिशन लिएर गाडी खरिद गर्छन् । कमिशन आउने भएपछि अर्थ मन्त्रालयले पनि तुरुन्तै बजेट पारित गर्छ । सरकारी गाडी किन्ने यत्रो रकम कुनै विकास कार्यमा खर्च गरिदिने हो भने जनतालाई पनि राम्रो हुन्थ्यो कि ? अर्थ मन्त्रालयले सरकारी गाडी किन्न दिने रकममा प्रतिबन्ध लगाउने हो भने देशको रुप नै फेरिन सक्छ । धेरै जनताले सरकारी गाडी किन्ने रकमबाट आफ्नो जीवनस्तर उकास्न सक्छन् । सरकारी कर्मचारी हिडेर आऊन कि सार्वजनिक यातायात चढेर आऊन् ।
त्यो जनताको टाउको दुखाइको विषय होइन् । सरकारलाई पनि यसबारे मतलब नभएको कुरा हो । उनीहरुले काम गरेबापत सरकारले उनीहरुलाई तलब दिएको छ । भोलि जागिरबाट बर्खास्त भइसकेपछि पनि पेन्सन आँउछ । त्यही माथि पनि तिनीहरुले भ्रष्ट्रचार गर्छन् । सरकारी कर्मचारीहरु बिहानबेलुका सरकारी गाडी लिएर घुम्न जान्छन् । उनीहरु घुम्न गएको देखि आफ्नो छोराछोरी विधालय पुप्याउन जाँदाको खर्च पनि जनताको थाप्लोमा थुर्पाछन् । कार्यालय आँउछन् हाजिर गर्छन् अनि आफ्नो घरतिर लागिहाल्छन् । दिनभरि सरकारी कर्मचारीका गल्फत्ती सिद्धिदैन् । सरकारी कर्मचारीदेखि जनता वाक्कदिक्क भइसकेको छन् । सरकारी कर्मचारीको काम भनेकै राजनितिक पार्टीको झोला बोक्नु हो । सरकारी कर्मचारी र राजनितिक दलले देश डुबाए । जनताले तिरेको कर वालुवामा पानी मिसाए झै भएको छ ।
गरिब जनताहरु खान नपाएर दशैंको दिनमा खान नपाएर घरघरमा मागेर हिडेका छन् । तर सरकार र सरकारी कर्मचारीलाई के मतलब । उपचारदेखि लिएर रासन पानीको लागि जनताले तिरेको करबाट भरेको ढुकुटी छदैं छ । जति नै कर तिरेपनि आखिरी मर्ने त जनता नै हुन् ।
त्यसैले हेल्लो सरकार मलाई भन्नुछ…’यसपाली दशैंमा पनि यस्तै भयो… सरकारी कर्मचारी र झोलेहरु मिलेर देश डुबाए, जनताले तिरेको कर झ्वाम बनाए…’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्