काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनीले आफ्नो नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनीले आफ्नो नाममा भएको बैंकको २६ हजार ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् ।
बैंकले सार्वजनिक गरेको सूचनामा सो सेयरको मूल्य भने खुलाइएको छैन । साथै साथै बैंककै संस्थापक सेयरधनीले मात्रै सो सेयर खरिद गर्न पाउनेछन् । उक्त सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको मुख्य कार्यलय दरबारमार्ग, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने पनि बैंकले जनाएको छ ।