
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भन्दा पोखरा विमानस्थल उत्कृष्ट रहेको बताउनु भएको छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा पोखरा पुग्नु भएका मन्त्रि ढकालले पोखरा विमानस्थलको निर्माण प्रगतिले खुसि पनि बताउनुभयो ।
भैरहवामा निर्माण हुनलागेको विमानस्थलको स्थलगत अवलोकन पछि पोखरा पुग्नु भएका मन्त्रीले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताउनु भयो । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधै तयार रहेको भन्दै मन्त्रि ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताउनु भयो ।
सरकारको ध्यान नपुगेका कारण विलम्बन भएका काम र समस्यालाई समयमा हटाउन आफुले पहल लिने पनि उहाँले बताउनुभयो । पोखरा अन्तराष्ट्रिय विमानस्थलको अहिले सम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भैइसकेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्