काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ९ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम गरेको छ ।