×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकले बोलायो मंसिर २ गते वार्षिक साधारणसभा, प्रस्तावित १५.५ प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंकले बोलायो मंसिर २ गते वार्षिक साधारणसभा, प्रस्तावित १५.५ प्रतिशत लाभांश पारित गरिने

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बंगलादेश बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले मंसिर २ गते बिहिबार वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव परित गर्ने भएको छ ।

सभा बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु हुने भएको छ । यसको लागि बैंकले सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने भएको छ । सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ कात्तिक १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश लिन र साधारणसभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी