×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न युनिलिभर नेपाल लिमिटेडको साधारणसभा बिहिबार हुँदै, अन्य एजेन्डा के-के ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न युनिलिभर नेपाल लिमिटेडको साधारणसभा बिहिबार हुँदै, अन्य एजेन्डा के-के ?

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनिलिभर नेपालले बिहीबार कात्तिक ११ गते वार्षिक साधारणसभा हुने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजेदेखि सुरु हुने भएको हो । कम्पनीले भर्चुअल अर्थात् भिडियो कन्फरेन्समार्फत साधारणसभा गर्न लागेको जनाएको छ ।

सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने एजेण्डा पनि रहेको छ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल हुने पनि कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि रहेका छन् । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी