×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी, १५ लाख ७४ हजार ४२८ जना आवेदकको हात खाली

PRIME CA

मध्य भोटेकोशी जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी, १५ लाख ७४ हजार ४२८ जना आवेदकको हात खाली

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आइपीओ शुक्रबार बिहान ९ बजे बाँडफाँड गरिने जनाएको हो । यस कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
जसमा कुल सेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो भने बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । सो आइपीओमा अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ता शेयरका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ४ दशमलव १९ गुणा बढी आवेदन हो ।
जस अनुसार गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउने देखिएको छ । बाँकी १५ लाख ७४ हजार ४२८ जना आवेदकको हात खाली हुने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: