×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको ३६औं वार्षिक साधारणसभा सभा सम्पन्न, लगानीकर्ताहरुलाई ३५.२६% लाभांश दिने प्रस्ताव पारित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकको ३६औं वार्षिक साधारणसभा सभा सम्पन्न, लगानीकर्ताहरुलाई ३५.२६% लाभांश दिने प्रस्ताव पारित !

१ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । नबिल बैंकको  ३६औं वार्षिक साधारणसभा सभा सम्पन्न भएको छ । ३६औं वार्षिक साधारणसभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारणसभामा पेशगरेअनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६% लाभांश दिने प्रस्ताव पारित गरेको छ । यसै साधारणसभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका छन् ।
  
आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूँजी यस बर्ष १३ अर्ब ४८ करोड नाघेको छ । बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी