Skip to content
LAXMI SUNRISE BANK

ब्रेकिङ्गः प्रभु बैंकका सिइओ २ लाख धरौटीमा रिहा, बाहिरै बसेर मुद्दा लड्न पाउने !

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धरौटीमा रिहा भएका छन् । तत्कालीन सनराइज बैंकमा हुँदा कर्जा स्वीकृत गरेको, कर्जा नदिएको तर धितो लिलाम गरेको प्रकरणमा पक्राउ परेका सुमन शर्मा २ लाख धरौटीमा रिहा भएका हुन् । 

पर्सा जिल्ला अदालतका न्यायाधीश देवी कुमारी चौधरीको इजलासले शर्मालाई २ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । 

अदालतले माग गरे अनुसारको धरौटी बुझाए शर्मा रिहा भएका छन् । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका शर्माले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । 

त्यसपछि प्रहरी नियन्त्रणमा रहेका शर्मालाई प्रहरीले मंगलबार नै अदालत उपस्थित गराएको थियो । अदालतले २ लाख धरौटीमा छोड्नु भन्ने आदेश दिएपछि उनी सोही आदेश अनुसार धरौटी बुझाएर रिहा भएका छन् । यो सँगै अब उनी थुना बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK