काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ११६.३२% ले नाफा वृद्धि गरी २ करोड ७२ लाख रुपैयाँ कमाएको जनाएको हो । गत वर्षको सोहि त्रैमासमा यस कम्पनीले १ करोड २६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यता यस अवधिमा आउँदा कम्पनीको खुद ब्याज आम्दानी ३४.१६% ले बढेको छ भने सञ्चालन नाफा ७३.०७% ले घटेको छ । यस्तै कम्पनीले ३ करोड ८० लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ भने रिजर्भ कोषमा १२ करोड १२ लाख रुपैयाँ रहेको छ ।
यस कम्पनीले धितोपत्र बोर्डसँग ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्याटिलले गर्नेछ भने धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्