×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफामा १२.३७ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी पनि २८ रुपैयाँ ८५ पैसाले घट्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफामा १२.३७ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी पनि २८ रुपैयाँ ८५ पैसाले घट्यो !

Artha Sarokar

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा १२.३७% ले घटेर १७ करोड ३५ लाख ८७ हजार रुपैयाँमा सीमित भएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
यता यस कम्पनीको खुद ब्याज आम्दानी १.२०% ले घटेर ३५ करोड ९१ लाख ४० हजार रुपैयाँमा झरेको छ भने यो वर्ष कम्पनीले २३ करोड २ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिमा १ अर्ब १० करोड ९१ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा नोक्सानमा रहेको थियो ।
संस्थाको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८५ पैसाले घटेर ५० रुपैयाँ ०४ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी वार्षिक ७८ रुपैयाँ ८९ पैसा थियो । संस्थाले यो अवधिसम्म आउँदा १ करोड ८५ लाख १७ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी