काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा खुद नाफा ७.३९% ले बढी हो । गत वर्षको सोहि अवधिमा १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी ४२.४१% ले बढेर २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५७ करोड ४० लाख १५ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ७.१३% ले बढेर १ अर्ब ५८ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
यता यस अवधिमा इम्पेयरमेन्ट चार्च १७ करोड ५६ लाख ८२ हजार रुपैयाँ छ भने वितरणयोग्य नाफा २९.५२% ले घटेर ८५ करोड १९ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष ३९ रुपैयाँ ९४ पैसा रहेको प्रतिसेयर आम्दानी यो वर्ष ३२ रुपैयाँ ११ पैसामा सीमित भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा छ ।