काठमाडौं । एनएमबि बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४२.४९% ले धेरै हो ।
बैंकको वितरणयोग्य नाफा भने ४५ करोड ८४ लाख रुपैयाँ छ। यस्तै बैंककको खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर १ अर्ब ४२ करोड २० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानीमा पनि २५.२५ प्रतिशतको भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि २० रुपैयाँ ५८ पैसाबाट बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ३ पैसा छ। हाल १६ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा छ अर्ब ३३ करोड २९ लाख रुपैयाँ छ । बैंकले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।