×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था पनि कम्जोर ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था पनि कम्जोर ! (विस्तृत विवरणसहित)

Artha Sarokar

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा ३.९०% ले घटेर ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । बैंकले अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकका अनुसार असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ७९ पैसाले घटेर २४ रुपैयाँ ३२ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा छ भने बैंकको खुद ब्याज आम्दानी ९.६०% र सञ्चालन नाफा २.६७% ले घटेको छ ।
यता बैंकको वितरणयोग्य नाफा पनि ४.०१% ले घटेर ३२ करोड ४८ लाख ७० हजार रुपैयाँमा आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी