×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार यी १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

PRIME CA

सोमबार यी १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

अर्थ सरोकार

३१ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ४२ अंकको उछाल आएको छ । नेप्से ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ भने १८ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिमा १२ कम्पनीको सेयर मुल्य उच्च वृद्धि भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर रहेका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै आज ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिइडिबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, युनियन हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी, सोल्टी होटल र हिमालयन डिस्ट्रिलरी लिमिटेडको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: