काठमाडौं । एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको भन्दा ५४.८३% बढी हो । गत वर्ष बैंकले ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १७.३०% र ५७.६९% ले बढेको बैंकले जनाएको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९३ करोड २७ लाख रुपैयाँ रहेको छ भने यो अवधिसम्म आउँदा बैंकले १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ८० पैसा रहेको छ ।