काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केज्युलाई नियुक्त गरेको छ । मिति २०७८ साल कार्तिक १७ गते बुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केज्यूलाई नियुक्त गरेको हो । नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्कले विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा यस बैंकको नेतृत्व गर्दै आएका थिए ।
मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका श्रवण लाल मास्केसंग तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेको छ जसले उनलाई यस बैंकिङ क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ ।
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्केज्यूले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने जानकारी गराएका छन् । बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्