काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको हो । कम्पनी पहिलो त्रैमाससम्म आइपुग्दा १० करोड ३३ लाख ३९ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै कम्पनीले असोज मसान्तसम्म आइपुग्दा ४ करोड ३६ लाख ५६ हजार रुपैयाँको विद्युत् बिक्री गरेको छ । यस अवधिमा यसले ३ करोड ५२ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
यता कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ८ करोड ४९ लाख १९ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाा ६९ पैसा ऋणात्मक छ र प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १० पैसा रहेको छ ।