×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ८१.७६ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ८१.७६ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

Artha Sarokar

२४ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको हो । कम्पनीले पहिलो त्रैमासमा ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनीले यसै अवधिमा २ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन यस वर्षको तुलनामा गत वर्षको खुद नाफा ८१.७६ प्रतिशतले कम हो ।

यस्तै गत वर्ष ३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको यस वर्ष खुद ब्याज आम्दानी ६.७९ प्रतिशतले घटेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनी ३ करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले असोज मसान्तसम्म ८३ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ९० करोड करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनी रिजर्भ कोषमा १३ करोड १३ लाख रहेको छ र खराब कर्जा बढेर २.८८ प्रतिशत पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी