काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको २३औं वार्षिक साधारणसभा कात्तिक २६ गते आज शुक्रबार हुने भएको हो । बैंकको उक्त सभा होटल पोखरा ग्राण्ड पार्दि पोखरामा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १३.३० प्रतिशत प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । यस्तै बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ । जसकारण कात्तिक ६ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्