×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ६ जना चयन, ती को-को हुन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ६ जना चयन, ती को-को हुन् ?

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना रहेका छन् ।
संस्थापक सेयरधनीको समूहबाट रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वार सापकोटा रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे बैंकको सञ्चालकमा निर्वाचित भएका छन् । 
नवनिर्वाचित सञ्चालक अन्जु अधिकारी नेपाल होल्डिङ्ग प्रा.लि.को प्रतिनिधी हुन् भने प्रमोद घिमिरे पाँच पोखरी एग्रिकल्चर प्रा.लि.को प्रतिनिधी हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी