Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफमा इतिहासकै ‘भद्रगोल’, अभिकर्ताले समितिमै पुगेर भने-‘यस्तै हो भने नेपाल लाइफमा कोहि बीमा गर्दैन’

अर्थ सरोकार

काठमाडौं । कुनै बेला नम्बर १ जीवन बीमा कम्पनीको रुपमा प्रख्यात भएको नेपाल लाइफ इन्स्योरेन्स पछिल्लो दिन हरेक हिसाबले खस्किएको खबर नौलो रहेन । सिए बिबेक झाले छोडेपछि एकाएक उँधोगतिमा हिंडेको नेपाल लाइफमा अहिले अभिकर्ताको तहदेखि व्यवस्थापनसम्म भद्रगोल छ । बिबेक झाले छोडेपछि बिजनेश नमज्जासँग घटेको छ । परिणाम कम्पनीको पछिल्लो त्रैमासको नाफा ९६ प्रतिशतले घटेको छ । नाफा यस्तो उत्तानोमात्र परेको छैन कम्पनीको व्यवस्थापनमा यतिसम्म भद्रगोल छ कि कम्पनी कामु सीइओकै भरमा चलेको छ । कामु सीइओका बारेमा पनि विभिन्न निकायमा विभिन्न खालका उजुरीहरु परेका छन् । जसले नेपाल लाइफको व्यवस्थापन इतिहासकै कमजोर छ भन्ने देखाईरहेको छ । कम्पनीका कर्मचारीहरु यतिसम्म असन्तुष्ट छन् कि उनीहरु सकेसम्म अरु कम्पनीमा जान पाए हुन्थ्यो भन्ने रणनीतिमा छन् । कुनै बेला नेपाल लाइफमा काम गर्दा जति शान हुन्थ्यो, अहिले ठ्याक्कै उल्टो भएको छ । यसअघि सन्तोष प्रसाईले काम गर्न नसकेको भन्दै बोर्ड अर्को सीइओको खोजीमा रहेको समाचार अर्थ सरोकारले ब्रेक गरेको थियो ।

अभिकर्ताहरु बीमा समिति घेर्न पुगे !

यता कम्पनीले बोनस दर घटाउन लागेको भन्दै अभिकर्ताहरु बीमा समिति घेर्न पुगेका छन् । कम्पनीले बोनस दर घटाउने तयारी गरेपछि अभिकर्ताहरु यसो गरेको खण्डमा बीमितहरुले अरु नै कम्पनी रोज्ने भन्दै सो नगर्न दबाब दिनका लागि बीमा समिति घेर्न पुगेका हुन् । ‘नेपाल लाइफले अभिकर्तालाई ६५  रुपैयाँ बोनस दिइरहेको छ । यो बोनस घटाउने रणनीति कम्पनीको छ । यस्तो भयो भने हामीलाई बजारीकरणमा त समस्या पर्छ नै, हामीले पनि नेपाल लाइफमा बीमा गर भन्न कसैलाई पनि सक्दैनौं । त्यसैले नेपाल लाइफमा बीमा कसैले पनि गर्दैन ।’ धर्नामा पुगेका एक अभिकर्ताले अर्थ सरोकारसँग भने, ‘ओरालो लागेको मृगजस्तै भयो नेपाल लाइफ । यस्तै हो भने अव नेपाल लाइफ कहिले पनि बीमीत र अभिकर्ताको रोजाई बन्नै सक्दैन । झन् बढाउनुपर्ने बोनस दरलाई घटाएर नेपाल लाइफले आफ्नै खुट्टामा बन्चरो हानीरहेको छ ।

‘देशभर आन्दोलनको तयारीमा छौं’

यता नेपाल लाइफका अभिकर्ताहरुले बोनस दर घटाएको खण्डमा आफुहरुले देशभर आगो लगाउनेगरी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । ‘कम्पनीले बोनस दर घटायो भने हामी चुप लागेर बस्दैनौं । हामी हाम्रो मागको सुनुवाई भएन भने देशव्यापी आन्दोलनको तयारीमा छौं । त्यसका लागि हामीले २५५ जना अभिकर्ताहरुको संघर्ष समितिसमेत बनाएका छौं । आज समितिमा झन्डै ६० को हाराहारीमा आइपुगेका छौं ।’ बीमा समिति बोनस दर नघटाउन ‘ओके’ हुँदाहुँदै नेपाल लाइफको सञ्चालक समितिले जवर्जस्ती बोनस दर घटाउने रणनीति लिएको छ ।

‘बोनस दर घटाउने हो भने अव नेपाल लाइफको ब्राण्ड ‘नेपाल लाइफ’जस्तो रहँदैन । अव यो कम्पनी बीमा कम्पनीभरिकै झुर कम्पनीमा परिणत हुन सक्छ । त्यसलाई जोगाउनका लागि पनि कम्पनीले बोनस दर घटाउनु हुँदैन ।’ धर्नामा बसेका अर्का एक अभिकर्ताले अर्थ सरोकारसँग भने, ‘आज समितिका अध्यक्ष र कार्यकारी निर्देशक राजुरमण पौडेललाई भेटेका छौं । हाम्रो माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अगाडी बढाउँछौं ।’

कम्पनीका काण्ड त कति हो कति !

यसो त नेपाल लाइफ इन्स्योरेन्सका बेथितिबारे अर्थ सरोकारले समाचार प्रकाशन / प्रशारण गर्न थालेपछि कम्पनीका काण्डहरु एक एक गरी बाहिर आउन थालेका छन् । यसअघि पनि सन्तोष प्रसाईले नेपाल लाइफमा काम गर्न नसकेको समाचार सप्रमाण अर्थ सरोकारले प्रकाशन गरेपछि प्रशाईले कम्पनीबाट नै राजिनामा दिएका थिए । कम्पनीका कतिपय कर्मचारीहरु नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ भने कम्पनीले कतिपय बीमामा नक्कली कागजातका आधारमा भुक्तानी दिएकोसमेत भेटिएको छ । केहि समय अगाडी पनि बीमितले बुझाउने प्रिमियम रकम नेपाल लाइफका सञ्चालकको खातामा राख्ने गरेको काण्डको खुलासा भएको थियो भने त्यसअघि कामदारको बीमा पोलिसी नै नक्कली बनाएको काण्ड पनि बाहिर आएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK