बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले उइगरहरुमाथि गरिरहेको नरसंहारलाई बेवास्ता गरिरहेको आरोप लागेको छ। चिनियाँ कम्युनिस्ट पार्टीले लाखौं उइगरहरुलाई यातना दिएर मानवअधिकारको चरम उल्लंघन गरिरहेको कुरालाई बिर्सिदै जलवायु परिवर्तन र मानवअधिकारलाई व्यापारको रुपमा प्रयोग गर्न खोजेको बताइएको छ।
गत जुलाईमा ४० भन्दा बढी प्रगतिशील समूहहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई चीनमा भइरहेको नरसंहारलाई रोक्नका लागि आग्रह गरेका थिए। लुइसा ग्रिभेले द हिलमा प्रकाशन गरेको एक लेखमार्फत चीनले जलवायु परिवर्तनका लागि कुनै पहल नगरेको र त्योभन्दा बढी मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाएका थिए।
गत अक्टोबरमा स्विट्जरल्याण्डमा भएको चीन अमेरिका वार्ताका क्रममा अमेरिकाले चीनलाई मानवअधिकार र जलवायु परिवर्तनलाई व्यापारको प्रयोग गर्न प्रतिबन्ध लगाएका थिए। चीन विश्वको दोस्रो ठूलो कार्बन उत्सर्जन गर्ने मुलुक हो। जसले विश्वको जलवायु परिवर्तनमा सबैभन्दा ठूलो क्षति पुर्याएको हुन्छ।
स्कटल्याण्डमा सम्पन्न भएको कोप २६ सम्मेलनमा पनि चीनले कोइला उर्जालाई अन्त्य गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेन। जसका कारण जलवायु परिवर्तन न्युनिकरणसम्बन्धी चिनियाँ प्रतिबद्धताप्रति पनि संशय पैदा भएको छ। योभन्दा महत्वपूर्ण चीनले मानवअधिकारको चरम उल्लंघन गर्दै गरिएको नरसंहार रोक्न आवश्यक रहेको बताइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्