×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावरका सेयरधनीको हात खाली, दुई आर्थिक वर्षको साधारणसभा एकैसाथ आह्वान

PRIME CA

युनियन हाइड्रोपावरका सेयरधनीको हात खाली, दुई आर्थिक वर्षको साधारणसभा एकैसाथ आह्वान

३१ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैसाथ असार २५ गते बोलाएको छ । कम्पनीको १३औं र १४औं वार्षिक साधारणसभा जेठ २३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर ३ धोबिघाटमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभामा कम्पनीले लाभांश एजेन्डा राखेको छैन । जसअनुसार कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । यस्तै सभामा सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारणलगायतका एजेण्डाहरू छलफल गरी पारित गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: