×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने !

LAXMI SUNRISE BANK
GLOBAL

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने !

२४ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल अर्थोपेडिक हस्पिटलबीच सम्झौता भएको छ । गोकर्णेश्वर नगरपालिका, नारायणटार स्थित नेपाल अर्थोपेडिक हस्पिटलबीच बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो । यस सम्झौताअन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक, तथा स्थायी कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकबाट १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ भने बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनहरुलाई सो हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था रहेको छ । 
हस्पिटल र बैकबीच आयोजित कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख जोखिम अधिकृत निर्मल कुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका मेडिकल डाइरेक्टर डा.युवराज खरेलले हस्ताक्षर गरेका छन् ।  बैंकका विभिन्न शाखाहरुबाट यो सेवा उपभोग गर्न सकिनेछ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी