काठमाडौं । ढाका व्यवसायीहरुले भेला तथा प्रदर्शनी आयोजना गर्ने भएका छन् । आइतबार पत्रकरकार सम्मेलन गर्दै ढाका व्यवसायीरुले पौष २, ३ र ४ गते बानेश्वरको थापागाउंस्थित बानेश्वर व्याङकेटमा भेला तथा प्रदर्शनी आयोजना गर्ने जानकारी दिएका हुन । भेला तथा प्रदर्शनीमा रहने ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटामा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नेपाल घरेलु तथा साना उद्योग महासंघले २०५८ सालमा ढाका तथा पश्मिनाजन्य बस्तुहरुको बृहत प्रदर्शनी आयोजना गरेको जानकारी दिदै यो दोश्रो ढाका कपडा प्रदर्शनी हुने बताउनुभयो ।
उहाँले अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी निकासी गर्न सकिने अवस्था रहेको बताउँदै ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहेको भए पनि ढाकाको उत्पादनबारे लेखाजोखा र तथ्यांक राख्ने कार्य नभएको बताउनुभयो । यस व्यवसायको प्रवर्द्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा प्रभावकारी प्रयास हुन नसकेको बताउँदै उहाँले देशभर झण्डै ५० हजार भन्दा बढी रोजगारी सिर्जना गरेको जानकारी दिनुभयो । हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सिप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले यसका उत्पादनहरुमा बजारको माग तथा बदलिदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको श्रेष्ठको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्