पर्वत । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी-१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि सुचारु भएको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो ।
पर्वतको कुश्मा नगरपालिका-८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजनामा ठूलो क्षति पुगेका कारण मर्मत गर्न लामो समय लागेको हो । प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सुचारु गरिएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।
आयोजनाभन्दा माथिबाट आएको पहिराले ठूलो क्षति पुर्याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो ।
उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सवस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको ४ नम्बर टावरसमेत पहिराले ढालेको थियो । टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिराले ढालेको थियो ।
निर्देशक गौतमका अनुसार बाढी र पहिराका कारण मात्र पाँच करोडभन्दा बढी क्षति भएको छ । त्यसैगरी अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप दुई करोड आम्दानीसमेत घटेको उहाँले बताउनुभयो । आयोजनाको मर्मत पूर्णरुपमा अझै नसकिएको उहाँको भनाइ छ । यसअघि पनि जेठ ३१ गते राति सुन्दरेखोलामा आएको बाढीले नहर पुरिँदा झण्डै एक महिनापछि आयोजना सुचारु भएको थियो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्