×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

PRIME CA

एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

३१ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक सेयरमा आवेदन दिन आज सोमबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको उक्त सेयरमा आवेदन दिन पाइने भएको हो । बैंकले मेरो माइक्रोफाइनान्सको ६० हजार ४१८ कित्ता संस्थापक सेयर फेरि बिक्रीमा ल्याएको थियो । लगानीकर्ताले बैंकको सो सेयरमा न्यूनतम ५७२ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यस्तै सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: