उदयपुर । उदयपुरको पश्चिमी क्षेत्रको ताप्ली गाउँपालिकाको ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै गएको छ । उहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढीजसो आउने गरेका छन् । कोरोना सङ्क्रमण न्यून हुँदै गएपछि मङ्सिरको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । अहिले दैनिक सयौंको सङ्ख्यामा पर्यटक ताप्ली पोखरी र पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न आउने गरेका ताप्ली-५ का विषुबहादुर तामाङ बताउनुहुन्छ ।
रौता पोखरी क्षेत्रपछिको दोस्रो महत्वपूर्ण धार्मिक पोखरी क्षेत्र तथा रमणीय पर्यटकीयस्थलको रुपमा रहेको ताप्ली पोखरीमा हिजोआज पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न र रमणीयस्थल हेर्न तथा बनभोज खान आन्तरिक पर्यटक आउने गरेका ताप्लीका कृष्ण परियाले बताउनुभयो ।
ताप्ली पोखरीको ऐतिहासिक तथा धार्मिक महत्व छ । ताप्ली क्षेत्रको पोखरी क्षेत्रमा धेरै वर्ष अघि जङ्गल थियो । पहिला त्यहाँ सानो पोखरी थियो । पञ्चकन्यादेवीको मन्दिर पनि पोखरीको भित्तामा छ । ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाका अनुुसार उक्त क्षेत्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । पोखरीको लम्बाइ ३०० मिटर तथा चौडाई सत्तरी मिटर छ ।
ताप्ली पञ्चकन्यादेवीको भाकल गरेर पूजाआराधाना गरे चिताएको पुग्ने जनविश्वास छ । यहाँ हिउँदमा बढी भक्तजन आउने गरेका छन् । गाउँपालिकाको पहलमा ताप्लीमा मोटरबाटो पुगेको छ । ताप्ली गाउँपालिकाकी उपाध्यक्ष कमला राई रमणीय स्थलको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक बढीजसो आउने गरेका बताउनुहुन्छ ।
ताप्ली क्षेत्रबाट दूधकोशी, सुनकोशी, पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङगा, सिन्धुलीसहित तराईका सिरहा, धनुषालगायतको अवलोकन गर्न सकिन्छ । उत्तरी क्षेत्रका मनोरम हिमशृङ्खलाको समेत दृश्यावलोकन गर्न सकिन्छ । सो क्षेत्रमा चाँडै बिजुली बाल्न पहल भइरहेको गाउँपालिकाले जनाएको छ । “गूरुयोजना बनाएर यस क्षेत्रको विकास गर्ने योजना छ”, अध्यक्ष थापाले बताउनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्