काठमाडौं । बोनस सेयर र एफपीओको एजेन्डा पारित गर्ने उद्देश्यसहित समीट लघुवित्त वित्तीय संस्थाले पुस २४ गते वार्षिक साधारणसभा गर्ने बोलाएको छ । कम्पनीले सभा आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे बोलाएको हो ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट २५.२८% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । समिट र सजिलो लघुवित्त मर्ज भएर २०७७ असोज ६ गतेदेखि एकीकृत कारोबार भएकाले बोनसमा लाग्ने कर भने लगानीकर्ताले स्वयंले तिर्नुपर्नेछ ।
यस्तै मर्जर तथा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पूँजीको अनुपात मिलन गर्न अपुग ७ लाख ५१ हजार ७१२ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गर्नेछ ।
साथै कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्