Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानमा बिजुलीको महसुल महँगो भएको भन्दै जेआई समूहद्धारा विरोध प्रदर्शन

अर्थ सरोकार

पाकिस्तान । पेशावर-जमात-ए-इस्लामीले वर्तमान बिजुली महसुल र अभूतपूर्व मुद्रास्फीतिमा इन्धन मूल्य समायोजन भन्दै वृद्धि गरेको विरोधमा खैबर पख्तुनख्वामा विरोध प्रदर्शनहरू गरिएका छन्।

प्रदर्शनकारी समूहले विज्ञप्ति जारी गर्दै पार्टीले संघीय सरकारले महँगो बिल तथा अन्य करका माध्यमबाट जनताको पैसा उठाउँदै आएको र सरकारको यस्तो दमनकारी नीतिलाई स्वीकार नगर्ने बताएको छ। विज्ञप्तिमा यसलाई आर्थिक आतंकवादू भनिएको छ ।

जेआईले पेशावर, चित्राल, मर्दान, डेरा इस्माइल खान, नौशेरा र प्रान्तका अन्य शहरहरूमा विरोध र्‍यालीहरू निकाल्यो। सरकारले विभिन्‍न किसिमका करका माध्यमबाट जनताबाट पैसा असुलेको दाबी गरिएको छ ।

पेशावरमा, जमातका कार्यकर्ताहरूले मस्जिद मोहबत खानबाट विरोध र्‍याली निकालेका थिए, जसको नेतृत्व पार्टीका जिल्ला प्रमुख अतीक रहमानले गरेका थिए। आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

सो अवसरमा वक्ताहरुले हालको विद्युत् महसुलमा इन्धनको मूल्य समायोजनलाई अस्वीकार गर्दै बढी महसुल जनताले स्वीकार नगर्ने बताएका थिए। केपीले ५ हजार ७ सय मेगावाट विद्युत उत्पादन गरेको र कुल खपत करिब ३ हजार मेगावाट रहेको उनीहरुको भनाइ छ । उनीहरुले केपीका उपभोक्ताले प्रतियुनिट १८ रुपैयाँमा बिजुली किन्‍न नपर्ने बताए ।

तल्लो दिरमा, जमात-ए-इस्लामीले इन्धन मूल्य समायोजन (एफपीए) को नाममा बढाइएको विद्युत बिल र करको विरोधमा तिमरगारामा विरोध र्‍याली निकालेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK