महोत्तरी । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व संकलन गरेको छ ।
यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ८१ करोड ८९ लाख ५६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिनुभयो ।
कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयका राजस्व शाखाका नायब सुब्बा शशि विश्वकर्माले बताउनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्मको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन गर्दै आएको बताउँदै उहाँले समग्रमा लक्ष्यको तुलनामा ९१ दशमलव ९० प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्